तोलामा ३०० रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं -स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले ओरालो लागेको छ । तोलामा नै एक हजार १०० रुपैयाँले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अंकका साथ ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा रु ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन […]

पुरै पढनुहोस

व्यापार घाटा १२ प्रतिशतले घटेर तीन खर्ब ६२ अर्बमा सीमित : चार महिनामा भित्रियो तीन खर्ब ३७ अर्ब रेमिट्यान्स

काठमाडौं- पछिल्लो समय मुुलुकको वैदेशिक व्यापारघाटामा कमी आएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चार महिनाको प्रतिवेदनअनुसार कुल वस्तु व्यापारघाटा १२ दशमलव चार प्रतिशतले घटेर तीन ६२ अर्ब २९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा आठ दशमलव नौ प्रतिशतले कमी आएको प्रतिवेदनमा […]

पुरै पढनुहोस

सुनको मूल्य लगातार ओरालो लाग्दै मङ्सिर १ एता पाँच हजार एक सय घट्यो

काठमाडौं – स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ । यही मङ्सिर १ गतेदेखि लगातार ओरालो लागेको सुन आजसम्म आइपुग्दा रु पाँच हजार १०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन आज प्रतितोला रु ९० हजारमा कारोवार […]

पुरै पढनुहोस

नेपाल सरकार र विश्व बैंकबीच ४२ अर्बको आर्थिक सम्झौतामा हस्ताक्षर

काठमाडौँ -नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरण सहित कोभिड–१९ पश्चातको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पुर्‍याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टा–छुट्टै दुईवटा सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल शहरी शासकीय सुधार र पूर्वाधार आयोजना र ‘ आर्थिक वृद्धिका लागि वित्त’ विकास नीति सहायता गरी दुईवटा सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुंगाना र […]

पुरै पढनुहोस

बैंकबाट लिएको ऋणमा अब घर र गाडी कर्जाको ब्याजदर बढाउन नपाउने

काठमाडौं – घर र गाडी खरिदका लागि बैंकबाट लिएको ऋणमा अब ब्याजदर बढाउन नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै घर र गाडी खरिदका लागि दिएको कर्जामा ब्याजदर घटबढ नगर्न निर्देशन दिएको हो । नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको एक वर्ष […]

पुरै पढनुहोस

नेपाल निम्न मध्यम आय भएको देशको सूचीमा

काठमाडौँ – नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा छ । विश्व बैंकको तथ्याङ्क अनुसार नेपालीहरूको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको छ । सन् २०१९ मा नेपालीहरूको प्रतिव्यक्ति आय ९६० अमेरिकी […]

पुरै पढनुहोस

वैदेशिक रोजगारीमा जानेहरुका लागि पुनः श्रम स्वीकृति खुल्ला

काठमाडौं- सरकारले तीन महिनापछि वैदेशिक रोजगारीका लागि पुन श्रम स्वीकृति खुल्ला गरेको छ। गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु भएको हो । अब विदामा आएका कामदारलाई फेरि फर्किन श्रम स्वकृति दिन थालिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारराज दाहलले जानकारी दिए । “आजदेखि वैदशिक रोजगारीमा जान चाहनेहरूका […]

पुरै पढनुहोस

धुलिखेल उद्योग वाणिज्य संघको आग्रह बैंकको ब्याज मिनाह र साँवाको भाका थप होस्

काभ्रे – धुलिखेल उद्योग वाणिज्य संघले कोभिड–१९ का कारण जिल्लामा सञ्चालित उद्योग व्यवसायहरु धराशयी हुदै गएको भन्दै नेपाल सरकार समक्ष १६ बुँदे ज्ञापन पत्र बुझाएको छ । मंगलबार एक समारोहको बिच प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोजुले बताए । उक्त ज्ञापन पत्रमा लकडाउन अवधिभरको बैंकको […]

पुरै पढनुहोस

चालु आर्थिक वर्ष: आर्थिक वृद्धिदर २.३ प्रतिशत मात्रै !

काठमाडौं – चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.३ प्रतिशतमा खुम्चिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६/७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने बताएका हुन् ।  यसअघि वैशाख १७ मा केन्द्रिय तथ्यांक विभागले भने यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा झर्ने अनुमान गरेको थियो । सरकारले […]

पुरै पढनुहोस

आगमी बजेटः एकल महिला र अपांग भत्ता खारेज, सांसद विकास कोष जिवित

काठमाडौं – कोरोना संक्रमणले अर्थतन्त्र धरापमा परेपछि सरकारले एकल महिला र अपांग भएका ब्यक्तिले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता कटौति गरेको छ । तर चरम भ्रष्टाचार र कानुनसँग बाँझिने सांसद विकास कोष भने आगमी बजेटमा यथावत रहने भएको छ । ६० बर्षमुनीका एकल महिला र अपांगता भएका ब्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थिए । […]

पुरै पढनुहोस