सुनको मूल्य लगातार ओरालो लाग्दै मङ्सिर १ एता पाँच हजार एक सय घट्यो

काठमाडौं – स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ । यही मङ्सिर १ गतेदेखि लगातार ओरालो लागेको सुन आजसम्म आइपुग्दा रु पाँच हजार १०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन आज प्रतितोला रु ९० हजारमा कारोवार […]

पुरै पढनुहोस

छठपर्व सुरु भएसँगै खुशीयाली

धनुषा- छठपर्व शुरु भएसँगै डोम समुदायमा खुशियाली छाएको छ । बाँस र बेतका चोया बनाउने व्यस्ततासँगै उनीहरुमा खुशियाली देखिएको हो । यो समुदायले बेत बाँसबाट बनाउने विभिन्न भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्न सफल भएकाले उनीहरुमा खुशी छाएको हो । अहिले बजारमा आपूर्ति गर्न भ्याइ–नभ्याई भएको मिथिला नगरपालिका–१ नक्टाझिजका सञ्जय मरिकले बताए । गासबास र कपासकै […]

पुरै पढनुहोस

नेपाल सरकार र विश्व बैंकबीच ४२ अर्बको आर्थिक सम्झौतामा हस्ताक्षर

काठमाडौँ -नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरण सहित कोभिड–१९ पश्चातको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पुर्‍याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टा–छुट्टै दुईवटा सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल शहरी शासकीय सुधार र पूर्वाधार आयोजना र ‘ आर्थिक वृद्धिका लागि वित्त’ विकास नीति सहायता गरी दुईवटा सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुंगाना र […]

पुरै पढनुहोस

प्रस्तावित राजदूत डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध उजुरी

काठमाडौं – संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यका लागि प्रस्तावित नेपाली राजदूतविरुद्ध संघीय संसद् संसदीय सुनुवाइ समितिमा चार वटा उजूरी परेका छन् । अमेरिकाको लागि प्रस्तावित नेपाली राजदूत डा. युवराज खतिवडाविरुद्ध तीन र बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध एक उजूरी परेका छन् । सरकारले असोज १५ गते संयुक्त राज्य अमेरिकाको लागि प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार […]

पुरै पढनुहोस

लोक सेवा आयोगका सम्पूर्ण लिखित परीक्षा स्थगित।

काठमाडौं – लोक सेवा आयोगले १६ कात्तिकदेखि सञ्चालन गर्ने सम्पूर्ण लिखित परीक्षाका कार्यक्रमहरु स्थगित गरेको छ । आयोगले सोमबार (आज) एक सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षमा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको हो । परीक्षा […]

पुरै पढनुहोस

नेपाल प्रहरीमा रोजगारीको अबसर: ५ हजार भन्दा बडी भर्ना लिइने

काठमाडौँ – नेपाल प्रहरीले पाँच हजार भन्दा बढी नयाँ प्रहरी भर्ना गर्ने भएको छ । प्रहरी जवान पदका लागि आज विज्ञापन निकालेर कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार ५ हजार २ सय २७ जना नयाँ प्रहरी भर्ना लिन लागेको हो। प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन […]

पुरै पढनुहोस

मनसुन बाहिरिन अझै केही दिन लाग्ने।

काठमाडौं – नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक विशेष बुलेटिन निकालेर यस वर्षको मनसुन सुदूरपश्चिम र कर्णाली प्रदेशबाट असोज २५ ९अक्टोबर–१० मा नै बाहिरिएको (बहिर्गमन) भइसकेको भएपनि बाँकी भू–भागबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जनाएको छ । नेपालको केही भू–भागमा बाँकी भएको […]

पुरै पढनुहोस

कात्तिक ७ देखि अनिवार्य क्लिन फिड लागु नगरे विदेशी च्यानल बन्द गरिने

काठमाडौँ – कात्तिक ७ देखि अनिवार्य क्लिन फिड (विज्ञापनरहित) लागु नगरे विदेशी च्यानल बन्द गरिने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै विज्ञापन (नियमन गर्ने) ऐनको व्यवस्थाअनुसार कात्तिक ७ गतेभित्र विज्ञापनरहित प्रसारण गर्नुपर्ने जनाएको छ । विज्ञापन (नियमन गर्ने)ऐन, २०७६ को दफा ६ ९१० अनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले […]

पुरै पढनुहोस

थप २,६३८ जनामा कोरोना संक्रमण पुष्टि, २,१७४ जना डिस्चार्ज

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप २,६३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २,६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ । […]

पुरै पढनुहोस

सहसचिव र उपसचिवका लागि ठुलो संख्यामा विज्ञापन खुल्यो (विज्ञापनसहित)

काठमाडौँ-लोक सेवा आयोगले ठुलो सङ्ख्यामा सहसचिव र उपसचिव पदका लागि विज्ञापन खुलाएको छ । आयोगले बुधवार(आज) सूचना प्रकाशित गर्दै १८२ सहसचिव र ४५६ उपसचिव पदका लागि विज्ञापन खुलाएको हो । आयोगका अनुशार उपसचिव बढुवा तीन सय ८४ र खुल्ला ७२ जना गरी जम्मा चार सय ५६ जना मागिएको छ । जसमध्ये निजामती तर्फ बढुवा दुई […]

पुरै पढनुहोस