तोलामा ३०० रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं -स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले ओरालो लागेको छ । तोलामा नै एक हजार १०० रुपैयाँले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अंकका साथ ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा रु ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन मङ्गलबार तोलामा रु ९० हजार १०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा रु ८९ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन मङ्गलबार तोलामा रु ८९ हजार ६५० मा कारोवार भएको थियो । यस्तै चाँदी आज तोलामा रु १५ ले घटेको छ । रु एक हजार ३६० मा मङ्गलबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३४५ मूल्य निर्धारण भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *