आफ्नै स्रोत, साधन र जनशक्ति प्रयोगगरी नेपालले गर्यो सगरमाथाको उचाइ सार्वजनिक

काठमाडौं-मंगलबार आयोजित विशेष कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको छ । नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेकोथियो आज आयोजित विशेष कार्यक्रममा नेपाल र उत्तरी छिमेकी चीनका अधिकारीहरूले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरहेका हुन्। अब सगरमाथाको उचाइ  ८८४८.८६ भएको छ।

विभागले रु १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो । विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *