काठमाडौं विश्वविद्यालय प्राध्यापक संघको चौथो अधिबेशन अनलाइनमार्फत सम्पन्न

धुलिखेल स्थित काठमाडौं विश्वविद्यालयकाप्राध्यापकहरुको साझा संस्था काठमाडौं विश्वविद्यालय प्राध्यापक संघको चौथो अधिबेशनअनलाइनप्रबिद्यिको उपयोग गरि नयाँकार्य समितिको निर्वाचितसमेत गर्दै आइतबार सम्पनभएको छ ।

यस अधिबेशनमाप्रमुखअतिथिकातर्फ काठमाडौं विश्वविद्यालयकापुर्बकुलपतिएवं नेपालीकांग्रेसका सभापतिश्री शेर बहादुर देउबाले भिडियो सन्देश मार्फत महामारीको अवस्थामा समेत डिजिटल प्रविधिबाट आफ्नो नियमित पठनपाठन र अधिवेशन सम्पन्न गरी अरुलाई समेत उदाहरण पेश गरेकोमाप्राध्यापक संघको कार्यको प्रशंसा गनु भएको थियो । साथै उहाँले विश्वविद्यालयकापदाधिकारीलाई आफ्ना कमिकमजोरी सच्चाएर आगाडी बढ्न जोड दिनु भयो ।

त्यसैगरी काठमाडौं विश्वविद्यालयकापुर्बकुलपतिएवं नेकपाकाअध्यक्षश्री पुष्पकमलदाहालले बिशेष शुभकामनापत्र पठाउनु भएकोथियो। पूर्व प्रधानमन्त्रिदाहालले विश्वविद्यालयले कायम गरेको शैक्षिक गुणस्तरमाविश्वविद्यालयकाप्राध्यापकहरुको अथक मेहनत र परिश्रम रहेको ब्यक्तगर्नु भएको छ ।
विश्वविद्यालयका सहकुलपतिएवं शिक्षा, विज्ञान तथाप्रविधिमंत्रीगिरिराजमणि पोखरेलअस्वस्थताका कारण कार्यक्रममा सहभागिहुननसके पनिशुभकामना सन्देश पठाउनु भएको थियो र त्यसमा शैक्षिकक्यालेन्डरलाइब्यवस्थित गराउनप्राध्यापकहरुको महत्वपूर्ण भूमिका रहने विचार ब्यक्तगर्नु भएको थियो ।

विशेष अतिथिका रुपमायस अधिबेशनलाई नास्टका उपकुलपति डा. सुनिलश्रेष्ठ र नेपालप्राध्यापक संघका प्रा. डा बुद्घबहादुर थापालेसम्वोधनगर्नु भएको थियो ।
विश्वविद्यालयअनुदानआयोगका सदस्य, विभिन्नविश्वविद्यालयकाप्राध्यापक संघहरु, वैचारीक प्राध्यापक संघहरु, काठमाडौं विश्वविद्यालय सभाका सदस्य, काठमाडौं विश्वविद्यालयकार्यकारी परिषदका सदस्य, कर्मचारी संघ, प्राध्यापक,विद्यार्थीतथा सञ्चारकर्मी विच सम्पन्नकार्यक्रमको सभापतित्वडा.बेदमणि दाहालले गर्नु भएको थियो । डा. दाहालले संघको आधिकारीकतामाचाडो निर्णय गर्न सम्वन्धित सवैलाई आग्रहगर्नु भयो ।

आजैको अधिबेशनमानिर्वाचन समितिले तयार गरेकोविद्युतीयमतदानप्रक्रियामार्फत केन्द्रियकार्य समितिको सभापतिमाप्रा. डा.बिबेक बराल, महासचिबमा डा.बिकास अधिकारी लगायत७ सदस्यीयकार्यसमितिनिर्वाचित गरेको छ । स्कूलइकाइहरुमानिर्विरोध सभापतिहरुको चयन भएको छ । काठमाडौ विश्वविद्यालयकाप्राध्यापकहरुले नै विकास गरेको सफ्टवयरबाट मतदानभएको हो ।

बिगतमा काठमाण्डौ विश्वविद्यालयसंग भएका सहमतिकार्यन्यवन गराउने तथाविश्वविद्यालयको गुणस्तर वृद्धि गर्दै अध्ययनअध्यापन र अनुसन्धानमादेशकै प्रमुखगन्तब्यबनाउनपहलगर्नु नवनिर्वाचितकार्यसमितिको उदेश्य रहेको प्राध्यापकहरुको भनाइ रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *