हेटौँडा सिमेन्ट उद्योगमा रोजगारीको अवसर: माग्यो ३८ हजार बढी कामदार(सूचनासहित)

काठमाडौँ- हेटौँडा सिमेन्ट उद्योगले करिब ३८ हजार बढी कामदारको माग गरेको छ । उद्योगले आज एक सूचना जारी गर्दै ३८ हजार ६ सय ९५ जना कामदारको माग गरेको हो ।

उद्योगद्वारा जारी गरिएको सूचना अनुसार उद्योगलाई २ हजार ९ सय २० जना दक्ष र ३५ हजार ५ सय ७५ जना अदक्ष कामदार आवश्यक भएको जनाएको छ ।

कामदारको आपूर्तिका लागि लागि ३० दिनको अवधिभित्र इच्छुक आपूर्तिकर्तालाई बोलपत्र पेश गर्न आह्वान गरिएको छ ।

उद्योगका अनुसार एक वर्षभित्रमा ३८ हजार कार्य दिनका लागि काम गर्ने कामदारको आपूर्ति गर्न लागिएको हो । त्यसका लागि नै उद्योगको केन्द्रीय कार्यालयले दक्ष तथा अदक्ष कामदार खरिद आपूर्ति कार्यको बोलपत्र आह्वान गरेको हो । कार्य दिनका आधारमा बोलपत्र आह्वान गर्दा धेरै कामदार माग भएको देखिन गएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *