कोरोना संक्रमितले भरिँदै काठमाडौं उपत्यका,कुन जिल्लामा कति थपिए?(तथ्यांकसहित)

काठमाडौं – शनिबार काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा गरी ५ हजार ८ जनामा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये उपत्यकामा मात्रै आधाभन्दा बढी रहेका छन् । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६७२ जना कोरोना संक्रमित थपिएका मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

काठमाडौंमा २ हजार १००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी २ हजार ६७२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै मोरङमा ३९४, चितवन १४७, रुपन्देहीमा २१५, सुर्खेतमा १३४ जनामा संक्रमण पुष्टि भएको छ । हाल मनाङ र मुस्ताङबाहेक देशभरका अरु सबै जिल्लामा सक्रिय संक्रमित रहेका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ रहेको छ भने होम आइसोलेसनमा १७ हजार १६४ र संस्थागत आइसोलेसनमा १३हजार ६५४ जना रहेका छन् । यस्तै नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ।

कुन जिल्लामा कति थपिए संक्रमित ?

 

 

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *