काठमाडौं- देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
काठमाडौं उपत्यकाको साथै गण्डकी प्रदेशका एकरदुई स्थानमा अहिले भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानाएको छ । महाशाखाका अनुसार आज मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । यसैगरी पश्चिम बंगालमा न्यून चापिय क्षेत्रमा अबस्थित छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुनसक्ने छ।
आगामी २४ घण्टा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरू आसपास भएर बहने नदीमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।