काभ्रे तेमालका सबै शिक्षकहरुको निःशुल्क कोरोना बिमा

 काभ्रे – तेमाल गाउँपालिकाले आफ्नो पालिकाभित्र कार्यरत शिक्षकको निःशुल्क कोरोना बिमा गरिदिने भएको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै निःशुल्क कोरोना बिमाका लागि आवश्यक कागजपत्र एकसाता भित्र पालिकामा बुझाउन सबै शिक्षकलाई आग्रह गरेको छ ।

चालु आर्थिक वर्षका लागि पारित बजेट वक्तब्यमै पालिकाले शिक्षकहरुको कोरोना बिमा निःशुल्क गर्ने उल्लेख गरेको थियो । सोहि अनुसार बिमा गर्न लागिएको पालिकाका शिक्षा अधिकृत केदार प्रसाद ढकालले जानकारी दिनुभयो ।

तेमालमा माध्यमिक, निम्न माध्यामिक र प्राथमिक विद्यालय गरी ४१ वटा विद्यालयमा रहेका छन् । ती विद्यालयमा २ सय ४० जना शिक्षक, कार्यालय सहयोगी ४६ जना विद्यालय कर्मचारी १८ जना र बालविकास शिक्षक ४६ जना कार्यरत रहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *