कोरोना भाइरस (कोभिड-१९) थप ११२० जनामा कोरोना संक्रमण, १११२ जना डिस्चार्ज

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ११२० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ११२० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । ३२० महिला र ८०० पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ४१ हजार ६४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप १ हजार ११२ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्, भने अहिलेसम्म कोरोना निको हुनेको संख्या २३ हजार २९० पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १०८ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा ६७६६ जना रहेका छन्।

 

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *