सुशान्त सिंहको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक: यस्तो छ ट्रेलर

काठमाडौं – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक भएको छ । केही समयअघि आत्महन्त्या गरेका सुशान्तको अन्तिम फिल्मको ट्रेलर सार्वजनिक भएपछि उनका फ्यानहरु भावुक बनेका छन् । ट्रेलरले फेरी एकपटक सुशान्तको यादलाई ताजा गरेपछि उनका फ्यानहरु भावक बन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिइरहेका छन् । उनको अन्तिम फिल्म दिल बेचाराले जीवन भोगाईको कथा बोकेको छ ।

ट्रेलरमा सुशान्तले भनेका छन्, ‘जन्म कहिले लिने र मृत्यु वरण कहिले गर्ने भन्ने हामीले निर्धारण गर्न सक्दैनौँ तर कसरी बाँच्ने भन्ने चाहिँ निर्धारण गर्न सक्छौँ ।’ तर सुशान्तले आफ्नौ मृत्युको निर्णय आफै लिएका छन् । टेलरमा यही शब्दले फ्यानहरुलाई भावुक बनाउने गरेको छ ।

‘फल्ट इन आवर स्टार’ पुस्तकमा आधारित चलचित्र ‘दिल बेचारा’ को ट्रेलरको प्रशंसा भइरहेको छ । ट्रेलर अहिले ट्रेन्डिङ्गमा छन् । जुलाई २४ देखि सो चलचित्र डिज्नी प्लस र हटस्टारमा हेर्न पाइने छ। चलचित्रका निर्देशक मुकेश छाबडाले सामाजिक सञ्जालमा एक पत्र पोस्ट गरेर यो चलचित्र दर्शक सामु ल्याउनका लागि दुई वर्ष पर्खनु परेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘मेरो पहिलो चलचित्रको ट्रेलर आज सार्वजनिक भयो । मलाई खुशी लागेको छ कि यो चलचित्रका लागि तपाईँले सब्सक्राइब गर्नु पर्ने छैन, सबैले यो चलचित्र हेर्न पाउने छन् ।’ कलाकार नवाजुद्दीन सिद्दिकीले लेखेका छन्, ‘राम्रो ट्रेलर, पक्कै हेर्नु होला । यसमा सुशान्त सिंह राजपुतको काम राम्रो छ ।’

यस फिल्ममा सुशान्तले डाइलग बोलेका छन् , एक था राजा एक थी रानी दोनों मर गए खत्म कहानी । सुशान्तले यो लाइन भन्दा सबै उनीसँगै जोडिए जस्तो लाग्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *