काभ्रे – लाखौँ रुपैयाँ बाजी राखेर तास खेल्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । तास खेल्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो
असार ६ गते राती १० बजेको समयमा जिल्लाको बनेपा नगरपालिका– ६ स्थित पाँचकुमारी पेट्रोल पम्पमा रहेको जनक तिमल्सिनाको घरमा ‘पैसाको बाजी थापी जुवातास खेल–खेलाई रहेका छन’ भन्ने सूचना जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रविकुमार पौडेललाई प्राप्त भएपछि कर्यालयका तत्काल प्रहरी निरीक्षक समेतको कमाण्डमा अनुसन्धान टोली खटाएर जाँदा उक्त जुवाको खालबाट खानतलासी गर्दा नगद रु ६ लाख ५४ हजार ५ सय रुपैयाँ र ४ बुक ताससहित बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बनेपा न.पा. वडा न.६ पाँचकुमारी पेट्रोल पम्पमा बस्ने वर्ष ३९ का जनक तिमल्सिना, जिल्लाको तेमाल गाउँपालिका– ८ बस्ने वर्ष २८ का विश्वराज तामाङ, धुलिखेल न.पा वडा न.४ बस्ने वर्ष ३५ का रामेश्वर केसी, धुलिखेल न.पा वडा नं. ४ बस्ने वर्ष ४० का अनिल थापा, धुलिखेल न.पा. वडा नं.४ बस्ने वर्ष ३४ का भोला राय र धुलिखेल न.पा वडा न.४ बस्ने वर्ष ४२ का किरण रन्जितकार रहेका छन् । उनीहरुविरुद्ध अपराध दर्ता किताबमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय काभ्रेबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।