लकडाउनको मोडालिटीपछि एसइईलगायत अन्य परिक्षाको टुंगो लाग्छ: शिक्षामन्त्री पोखरेल

काठमाडौं – लकडाउनको मोडालिटीपछि एसइईलगायत अन्य परिक्षाको टुंगो लाग्ने भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आज बसेको प्रतिनिधिसभा बैठकमा लकडाउनको मोडालिटी आएपछि एसईईलगायत परीक्षा कहिले गर्ने टुंगो लाग्ने भन्ने विषय बताएका छन् ।

उक्त बैठकमा मंगलबार सांसदहरूले राखेका जिज्ञासामा केन्द्रीत रहेर जवाफ दिएका शिक्षामन्त्री पोखरेलले यो महिनाभित्रमा परीक्षाहरूबारे निर्णयमा पुग्ने बताए ।

‘एसईई नभएकोले विद्यार्थीमा मनोवैज्ञानिक समस्या देखिएको छ,’ शिक्षामन्त्रीले भने, ‘विद्यालयमा क्वारेन्टाइन छ, केही केन्द्र थप गरेर एसईई गर्ने कि भन्ने थियो, संक्रमित बढ्दै गएपछि त्यो पनि सम्भव भएन ।’

एसईई, कक्षा ११ र १२ तथा विभिन्न विश्वविद्यालय अन्तर्गतका परीक्षाका सन्दर्भमा मन्त्रालयले बन्दाबन्दीको मोडालिटी आएपछि व्यवस्थित धारणा बनाएर अघि बढ्ने उनको भनाइ छ ।

एसईईकाे विषयमा तीन विकल्पमा छलफल भइरहेको पनि मन्त्री पोखरेलले जानकारी दिए । परीक्षाहरूबारे पर्याप्त गृहकार्य र छलफलबाट टुंगोमा पुगिने उनको भनाइ छ । ‘एसईई खारेज गर्ने, विद्यालयलाई दिने, राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गर्ने गरी व्यवस्था मिलाउनेजस्ता विकल्प छलफल भएका छन्,’ उनले भने, ‘कानूनी जटिलता पनि रहेको छ ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *