काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विज्ञहरुसँग भाइरस कोभिड–१९ महामारीको नियन्त्रण, रोकथाम र उपचारको विषयमा सम्बद्ध पक्षसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले कोरोना महामारीको नियन्त्रण, रोकथाम र उपचारको आगामी रणनीतिका सम्बन्धमा समाजका विभिन्न क्षेत्रमा क्रियाशील विशिष्ठ व्यक्तित्वहरूसँग बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा परामर्श गर्नुभएको हो ।छलफल झण्डै चार घण्टा चलेको थियो ।
बैठकपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “अर्थशास्त्री, योजनाविद्, सामाजिक अभियन्ता, चिकित्सक, जनस्वास्थ्यविद, स्वास्थ्यकर्मी, नर्सहरूसँगको यो बैठक महत्वपूर्ण रूपमा सम्पन्न भयो ।”
आज मैले काेराेना महामारीको नियन्त्रण, राेकथाम र उपचारकाे सम्बन्धमा समाजका विभिन्न क्षेत्रमा क्रियाशील विशिष्ठ व्यक्तित्वहरूसँग परामर्श गरें ।अर्थशास्त्री, याेजनविद्, जेण्डरविज्ञ, सामाजिक अभियन्ता, चिकित्सक, जनस्वास्थ्यविद, नर्सहरूसँगकाे याे बैठक महत्वपूर्ण रूपमा सम्पन्न भयो । pic.twitter.com/lXyvRY20bm
— K P Sharma Oli (@kpsharmaoli) June 3, 2020
बैठकमा विभिन्न क्षेत्रका २५ जना विषय विक्ज्ञहरूको सहभागिता रहेको जनाइएको छ । बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको समेतको उपस्थिति रहेको थियो ।
कोरोना भाइरस नियन्त्रणका लागि चेत ११ गतेदेखि सरकारले लकडाउन गर्दै आएको छ । लामो समयको लकडाउनका कारण सामाजिक तथा आर्थिक क्षेत्रमा असर पुगेको भन्दै लकडाउनको स्वरुप परिवर्तन गर्नुपर्ने माग विभिन्न क्षेत्रबाट उठिरहेको छ । छलफलमा लकडाउनको परिवर्तित स्वरुपको बारेमा समेत छलफल भएको बताईयको छ विज्ञहरुले लकडाउन खुकुलो बनाउन सुझाव दिएका तर मोडालिटीबारे भने उहाँहरुले आआफ्नो तरिका सुझाउनु भएको छ’ छलफलमा सहभागी एकले भने ।
सबैको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले आधाभन्दा बढीको सम्बोधन गर्नु भएको थियो । उहाले पूर्वीय दर्शन र नेपाली औषधिजन्य जडिवुटीबारे पनि ध्यान दिन सुझाउनुका साथै सबैले उच्च मनोबल बनाउनुपर्नेमा जोड दिनु भयको पनि छल-फलमा सहभागी एक ले बताए ।